सरकारले मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख राहत दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख राहत दिने

grihamantri badal

काठमाडौं, २५ असार । सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप जनही ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गर्दै दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको र उनीहरु खतरामुक्त रहेको जानकारी दिए ।

गत शुक्रबार दिउँसो करिब साँढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो । सरकारले मृतकहरुको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);