मुस्ताङको स्याङबुचेमा टिपर दुर्घटना, १५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मुस्ताङको स्याङबुचेमा टिपर दुर्घटना, १५ को मृत्यु

accident

काठमाडाैं, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नं ३ काे स्याङबुचेमा बा. २ क २२१९ नम्बरको टिपर दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ जना पुरुष र ४ जना महिला रहेको जनाइएको छ । दुर्घटनामा परी दर्जन बढी मजदुर घाइते भएका छन् ।

कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको अझै सनाखत हुन सकेको छैन । सडक निर्माणमा खटिएका मजदुर खाना खाएर काममा फर्किने क्रममा दुुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

के कारणले टिपर दुर्घटना भएको हो भन्नेबारेमा प्रहरीले केही बताएको छैन । घटनाको विस्तृत विवरण अझै आइपुगेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);