टिपर दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

टिपर दुर्घटनामा चालकको मृत्यु

motercycle durghatana

प्रकाश नेपाल
पाल्पा । पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबास स्थित गोठादी सुनवल कच्ची सडक खण्डमा सुनवलबाट माथागढी गाउँपालिका.–५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नं. को टिप्पर दुर्घटना भएको हो ।

दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोला राम बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामश्वर त्वातीले बताए । उनका अनुसार चालक बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सडकदेखि अन्दाजी १ सय मिटर तल खसेको छ । टिपर खाली भए पनि के कति कारणले दुर्घटना भएको हो भन्ने विषय भने खुल्न सकेको छैन । घटनाको विषयमा विस्तृत अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);