पाल्पाको माथागढीमा टिपर दुर्घटना, चालक गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाल्पाको माथागढीमा टिपर दुर्घटना, चालक गम्भीर घाइते

पाल्पा, ३० मंसिर । पाल्पा जिल्लाको माथागढी गाउँपालिका –५ धामिगाउँमा मंगलबार टिपर दुर्घटना भएको छ । दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् ।

धामिगाउँदेखि चुनढुङ्गा लिई भैरहवातर्फ जाँदै गरेको लु १ क ३५३७ नंम्बरको टिपर दिउँसो २ः१५ बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा चालक माथागढी गाउँपालिका ५ बस्ने ३२ वर्षीय झमन सिं रेस्मी मगर घाइते हुनुभएको हो । उनिलाई उपचारका लागि देवदह मेडिकल रुपन्देही पठाईएको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

घाइते चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);