भक्तपुरमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

motercycle durghatana

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नम्बरको टिपर एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ ।

सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);