मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

भक्तपुर। मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ९६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रेलिङमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा चैनपुर घर भई सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);