प्रहरीले १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रहरीले १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ

बैतडी । बैतडीमा प्रहरीले १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

बैतडीकाे पाटन नगरपालिका-१ सकार बस्ने ३६ वर्षीय नारद प्रसाद भट्टराई र सोही ठाउँ बस्ने ३८ वर्षीय लक्ष्मण भट्टराईलाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले वन्यजन्तुको शिकार गर्दछन् भन्ने बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही ठाउँस्थित सकार जंगलमा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);