सप्तरीका अधिकांश सडकको अवस्था वेहाल (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सप्तरीका अधिकांश सडकको अवस्था वेहाल (फाेटाे फिचर)

सप्तरी । सप्तरीका अधिकांश सडकहरु यतिवेला हिड्नै नमिल्ने अवस्थामा पुगेका छन् । सम्बन्धित ठेकेदार कम्पनीको सुस्तताका कारण सडकको पानी समेत निकास नभएपछि जिल्लाका अधिकांश सडकबाट अहिले पैदल हिड्न र सवारी संचालनमा समस्या भएको हो ।

लगातार भइरहेको वर्षाका कारण जिल्लाको राजविराज–रुपनी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायतका सडक खण्डको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बनेको छ । साथै सवारी दुर्घटना समेत बढ्न थालेको छ ।

सडकको दुरावस्था बारे सम्बन्धीत निकायले समयमै ध्यान नदिदा वर्षायाममा यस्तो बिजोग हुने गरेको स्थानीयको गुनासो छ । लामो समयदेखी मर्मत सम्भार नहुनु, ढिलाई गर्ने ठेकेदार कम्पनीलाई कारवाही नगरिनु , सडक र नाला निर्माण नहुनु तथा निकासको उचित व्यवस्था गर्न नसक्नुले जिल्लाका अधिकांश सडक वर्षाको पानीले क्षतविक्षत भएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);