सुस्तामा ठेकेदारको लापरबाहीले सडकको अवस्था बिजोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सुस्तामा ठेकेदारको लापरबाहीले सडकको अवस्था बिजोग

नवलपरासी । पश्चिम नवलपरासीको नारायणचोकदेखि त्रिवेणीसम्म निर्माणाधिन हुलाकी सडक निर्माणमा ढिलाइका कारण सर्वसाधारले सास्ती पाएका छन् । सडक विस्तारको जिम्मा पाएको बज्र महालक्ष्मि जेभिले कामलाई गति दिन नसक्दा वर्षायाम सुरु हुनै लाग्दा समेत ठेकेदारको लापरबाहीले सडकको अवस्था कहालीलाग्दो छ ।

घाम लाग्दा धुलाम्मे, पानी परेपछि हिलाम्मे भएकाले सुस्ताको कुडियादेखि माथिल्लो क्षेत्रमा दैनिकजसो सवारी साधन सडकमै फस्ने गरेका छन् भने भने सर्वसाधारणलाई हिडडुलमा कठिनाई भएको छ ।

२०७६ सालको मंसिरमा ठेक्का सम्झौता भएको नारायण चोकदेखि त्रिवेणी सम्मको १६ किलोमिटर सडक निर्माणको हाल सम्म १७ प्रतिशत मात्र भौतिक प्रगति छ । हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले भने कोरोना कारण देखाई काममा ढिलाई भएको भन्दै पन्छिन खोजेको छ भने ठेकेदार कम्पनीले भने स्थानिय तहले सडक निर्माणका लागी सहजिकरण नगर्दा निर्माण समाग्रिको अभाव भएको कारण देखाउदै उम्कन खोजेको छ ।

नवलपरासीमा विभिन्न ३ खण्डमा विभाजन गरेर हुलाकी सडकको निर्माण कार्य जारी छ । त्यसमध्ये सदरमुकाम परासी देखि नारायणचोक जोड्ने सडकको काम अन्तिम चरणमा छ । यहि असार मसान्त भित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ ।

८० प्रतिशत काम सकिएको १२ किलोमिटर लामो सो सडकमा कालोपत्रेको काम भईरहेको छ । हुलाकी सडकलाई कृषि पर्यटन र उद्योग क्षेत्र विकासको मेरुदण्डको रुपमा लिने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);