ब्राउन सुगर सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बद्री टोलबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक नगरपालिका–५ की २१ बर्षीया समिता राई रहेका छन् ।

शुक्रबार दिउँसो १ बजे लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);