४४ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

४४ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ

pakrau

कञ्चनपुर, १ कार्तिक । पछिल्लो समयमा नेपाल भारत खुल्ला सीमाका कारण सीमावर्ती क्षेत्र लागूपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन र अबैध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै आएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित नेपाल भारत सीमा क्षेत्रमा गएराति मात्रै ४४ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ फटियाबाट ४४ ग्राम ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ४ घर बताउने दिनेश भट्ट, बेलौरी नगरपालिका वडा नम्बर १ घर बताउने रमेश राउत, सोही स्थानका रोशन शाही र गगन शाही रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका चारैजनालाई प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ ।

बरामद गरेको ४४ ग्राम ब्राउन सुगर यस क्षेत्रमा पक्राउ परेका लागूऔषध मध्ये अहिले सम्मकै अत्यधिक मात्राको रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);