५० ग्राम खैरो हिरोईनसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

५० ग्राम खैरो हिरोईनसहित एकजना पक्राउ

pakrau

कञ्चनपुर, १८ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलाैरी नगरपालिका वडा नम्बर ६ बाट सुदूरपश्चिममै पहिलो पटक ठूलो परिणाममा प्रहरीले ५० ग्राम ब्राउन सुगर सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सिमावर्ती भारतीय बजार खजुरिया देखि नेपाल ल्याउदै गरेको अबस्थामा ५० ग्राम ब्राउन सुगर सहित बेलौरी नगरलालिका ६ का ३२ वर्षिय दिनेश बोटलाई उनले प्रयोग गरेको युपि ३१ ए एफ ७९९० नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ठूलो परिणाममा ५० ग्राम ब्राउन सुगर बरामद गरिएको घटना सुदूरपश्चिममै पहिलो रहेको छ । ब्राउनसुगरको ओसारपसारमा प्रति मिलि ग्राममा मुद्दा चलाइने प्रावधान रहेको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल कुमार खडकाको नेतृत्वमा खटिएको लागू औषध नियन्त्रण प्रदेश ब्युरोको संयुक्त टोलिले सोमबार ब्राउनसुगर बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

यस अघि कञ्चनपुरको पुनर्वास नगरपालिका बाट ४४ ग्राम खैरो हिरोईन सहित ४ जनालाई पक्राउ गरिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);