गृहको पासवाला गाडिमा ४७ ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गृहको पासवाला गाडिमा ४७ ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ

pass gadi

दिपकलाल श्रेष्ठ

बर्दिया, बैसाख १८ गते । जिल्ला प्रहरी कार्यालय बर्दियाले पास वाला गाडीमा ४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

गाडीमा लागुऔषध ब्राउनसुगरको कारोबार तथा ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी पास लिएको बा १२ च ६२९९ को नम्बरको अल्टो कारमा ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कैलाली जिल्ला टिकापुर नगरपालिका–१ का २८ बर्षिय राजन रावल, कैलाली कै लम्की चुवा नगरपालिका–५ का २९ बर्षिय रोशन कडायत, दैलेख दुल्लु नगरपालिका–७का २७ बर्षिय आकाश शाह र कैलाली टिकापुर नगरपालिका–९ का ३३ बर्षिय रमेश न्यौपाने रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);