कोरोना अस्पतालमा भएको चोरी प्रकरणको विषयमा आरोप प्रत्यारोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना अस्पतालमा भएको चोरी प्रकरणको विषयमा आरोप प्रत्यारोप

काठमाडौं, १८ वैशाख । महामारीको विपत्तिको बेलाम उपचार र उद्दार गर्नु सबैको दायित्व हो, तर, चितवन भरतपुरस्थित कोरोना विशेष अस्पताल र भरतपुर अस्पतालमा अवस्था भिन्न छ । बिरामी उपचारमा जुट्ने कोरोना विशेष अस्पताल र भरतपुर सरकारी अस्पताल स्वास्थ्य सामाग्री चोरी र अनियमितताको विषयमा आरोप प्रत्यारोप चलिरहेको छ ।

चितवनको भरतपुरमा गत चैत्र ७ गते देखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पताल अहिले विवादमा तानिएको छ । भरतपुर महानगरपालिका, चितवन उद्योग संघ, भरतपुर अस्पताल लगायको संयुक्त पहलमा अस्पताल स्थापना गरिएको हो । चितवन उद्योग संघकै प्रदर्शनी केन्द्रमा संचालनमा ल्याईएको अस्पतालको शंकास्पद सिसी टिभी फुटेज बाहिर आएपछि आरोप र प्रत्यारोपको श्रृंखला जारी छ ।

कोरोना विशेष अस्पतालको सामान चोरी र भरतपुर सरकारी अस्पतालमा गरिएको आर्थिक अपारदर्शिताले चितवन तातेको हो । अस्पतालमा देखिएका अनियमितताको छानविन गर्न उद्योग संघका अध्यक्ष राजु पौडेललाई छानविन समितिको संयोजक तोकिएको थियो । तर, पौडेल संयोजकत्वको समितिले पूर्णता नपाउदै राजिनामा आएको छ ।

कोरोना विशेष नाम दिईएको यो अस्थायी अस्पताल अहिले भरतपुर सरकारी अस्पतालकै मातहतमा संचालित छ । शंकास्पद सिसी टिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि मगंलबार अख्तियार दुरपयोग अुनन्सधानले अस्पतालमा छापा मारेको थियो । अख्तियारले अस्पतालबाट महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको छ ।

यति मात्र नभई भरतपुर सरकारी अस्पतालका अध्यक्ष समेत रहेका कोरोना अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले विज्ञप्ति मार्फत सामान चोरी नभएको विज्ञप्तीमा प्रष्टीकरण गरिसक्नु भएको छ । कोरोना महामारीको बेला उपचारका लागि विशेष अस्पताल भित्र भइरहेको जुहारीले सबैलाई चिन्तित बनाएको छ । नागरिकको उपचारका लागि स्थापित अस्तालमा भइरहेको यस्तो बेथितिले सर्वत्र प्रश्न उठाएको छ ।

महामारीको यो विपत्तिको बेला पनि निजी स्वार्थका लागि चितवनका यी अस्पतालमा भएको चोरी र अनियमितता कदापी क्ष्म्य छैनन् । हावा नचली पात हल्लिन भने झै अस्पतालहरुमा कही न कतै बदमासी भएको छ र भएका बदमासीको उचित छानविन गरी दोषीलाई कार्वाही गर्न जिम्मेवार निकायको ध्यान जानु पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);