कोरोना संक्रमणबाट भरतपुरमा वडाध्यक्षको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कोरोना संक्रमणबाट भरतपुरमा वडाध्यक्षको मृत्यु

चितवन, २५ असाेज । कोरोना संक्रमणबाट भरतपुरमा वडाध्यक्षको मृत्यु भएकाे छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।

तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज २४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उहाँलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताउनुभयो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);