कोरोना संक्रमणबाट बारामा थप एक जनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट बारामा थप एक जनाकाे मृत्यु

corona virous

बारा, १७ भदाै । कोरोना संक्रमणबाट बारामा बुधवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सम्रौनगढ नगरपालिका वडा नं.९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

मुटु रोग र दमको समस्या रहेका वृद्धमा उच्च रक्तचापको समेत समस्या रहेकाे थियो । उपचारको क्रममा बुधवार बिहान १ बजेकाे समयमा मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

मृतक वृद्धलाई मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिले देखि नै रहेको र उमेर पनि निकै ढल्कि सकेको अवस्थामा उनलाई कोरोना संक्रमण देखिएको हो । डाक्टरले बचाउँने प्रयास गर्दा गदै पनि बचाउँन नसकिएको अस्पतालको भनाई छ ।

वृद्धको भदौ १२ गते स्वाब संकलन गरेको दुई दिन पछि पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यस लगत्तै उनलाई भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

अहिले सम्म बारामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउन यता मात्रै बारामा १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);