बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

corona virous

बारा, १६ भदाै । बारामा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएको छ । जिल्लाकाे कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बाराका पुरुषको वीरगञ्जकाे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भए पछि भदौ १० गते नैं अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए । उपचार कै क्रममा मंगलवार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाले बताउनुभयो ।

संक्रमितको शरीरमा अक्सिजनको मात्रा एक दमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाईरोटरी फेलियर भएका कारण बचाउँन नसकिएको अस्पतालले जनाएको छ । योसँगै बारामा मृत्यु हुनेको सख्या १६ पुगेको छ ।

हालसम्म बारामा कोरोना संक्रमितको संख्या ९ सय ३० पुगेको छ । योसँगै १६ वटा स्थानीय तह रहेको बारामा सबै पालिकामा कोरोना संक्रमण पुस्टि भएको हो । बारा जिल्ला भरमा कलैया, जीतपुरसिमरा उपमानगरपालिका, निजगढ नगरपालिकामा कोरोना संक्रमिणको उच्च जोखिम रहेको छ । बारा जिल्लामा हाल सम्ममा ६० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भईसकेका छन् भने २३ जना सुरक्षाकर्मी र पाँच जना सञ्चारकर्मी रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);