कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

corona virous

काठमाडौं, ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षिया महिला तथा ३४, ९६ र ६६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षिया, बारामा ५५ वर्षिया र रुपन्देहीमा ६४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सर्लाहीमा ६४ वर्षिय, बारामा ५५ वर्षिय, मकवानपुरमा ६१ वर्षिय र कपिलवस्तुमा ५८ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);