कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, ११ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यसैगरी बारामा ४० वर्षिय पुरुष, रुपन्देहीमा ७२ वर्षिय पुरुष, बर्दियामा ६३ र ५० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);