किन खाने घिरौला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

किन खाने घिरौला ?

काठमाडाैं, १२ असाेज । यतिखेर प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । अझ भन्नु पर्दा त प्राय मानिसले धिरौला मन पराएको पाइँदैन। बालबालिकाको कुरा गर्नु पर्दा सोयबिन र आलु अत्यन्तै मन पराउने तर घिरौला त हेर्दा पनि नहेर्ने गरेको पाइएको छ ।

सञ्चार माध्यमहरुमा घिरौला २ रुपैयाँ प्रतिकिलोमा पनि बिक्री नभएको, वस्तुभाउलाई खुवाउने गरेको वा सडकमा त्यसै फ्याँकिएको जस्ता समाचारहरु बाराम्बार आइरहन्छन । हाल सामाजिक सञ्जालमा देखापरेका घिरौलाबारे नकारात्मक कविता, गीत तथा भिडियोहरुले पनि यसको उपभोगलाई वृद्धि गर्नुका साटो बहिस्कार गर्न मद्दत पु¥याएको छ ।

घिरौलाबारे जानकारी प्राप्त भएपछि यसको प्रयोगमा अवश्य वृद्धि हुनेछ भन्ने आशाका साथ यसका फाइदाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ । घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औषधीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पु¥याउँछ ।

घिरौला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु घिरौलामा पाइन्छ ।

यस्ता छन् घिरौलाका फाइदा :
१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।
२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।
३. जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ ।
४. चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ ।
५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।
६. यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ ।
७. यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।
८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ ।
९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ ।
१०. यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ ।

कुनै पनि चिज लगातार एउटै स्वादमा बारम्बार खाइरहँदा त्यसको रुचि कम हुँदै जानु स्वभाविक हो । त्यसैले घिरौलालाई पनि फरकफरक किसिमले पकाउने, स्वाद अनुसारका मसलाको प्रयोग गर्ने हो भने रुचिमा अवश्य वृद्धि हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);