कोरोना संक्रमणबाट एकै दिन थप १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट एकै दिन थप १४ जनाको मृत्यु

corona virous

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);