कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो

corona virous

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो ।

प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षका पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उहाँले बताउनुभयो ।

यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);