कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं, ७ भदौ । नेपालमा कोभिड-१९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको बताउनुभयो ।

जसमध्ये झापाका एक जना ५८ वर्षीय पुरुष, पर्साका एक जना ५६ वर्षीय महिला र सर्लाहीका एक जना ३३ वर्षीय महिला रहेका छन् । यससँगै हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १ सय ४९ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);