थप ८ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

थप ८ सय १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो

corona-test

काठमाडौं, ७ भदौ । नेपालमा थप ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमितसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

आइतबारसम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् । प्रदेश १ मा १ हजार १ सय ५२, प्रदेश २ मा १ हजार ८ सय ९०, बागमती प्रदेशमा ३ हजार ६ सय १७, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ र सूदुरपश्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २६ पीसीआर परीक्षण भएको छ । यससँगै हाल सम्म कुल पीसीआर परीक्षण संख्या ६ लाख ४ सय ४४ पुगेको छ ।

आज ११ हजार ४ सय १४ जना व्यक्तिहरु क्वारेन्टीनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);