थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

काठमाडौं, ६ भदौ । नेपालमा थप ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६ सय ३४ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ सय २३ जना रहेका छन् ।

त्यस्तै होम क्वारेन्टीनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय १६ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ६६ जना, प्रदेश २ मा ३ हजार १ सय ८२, बागमती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा १८ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् । शनिबार देशभर ११ हजार ६ सय ५८ व्यक्तिहरु क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);