थप ३ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थप ३ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौं, २१ साउन । बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।

आज देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन् ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

बुधबार देशभरीका क्वारेन्टीनमा ९ हजार ९ सय २५ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);