थप १ सय ६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

थप १ सय ६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

coronavirus test

काठमाडौं, १ साउन । बिहीबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा २ सय १३ जना डिस्चार्ज भएका छन् ।

बिहीबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन् । बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ ।

आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);