नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

coronavirus test

काठमाडौं, २१ वैशाख । आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा ३६ वर्षिय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो । उनीहरु ७ वर्षदेखि ५८ वर्ष उमेर समूहसम्मका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ । यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);