थप १ हजार २ सय ४६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

थप १ हजार २ सय ४६ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं, २५ भदौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । आज ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ ।

बिहीबार देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । प्रदेश नम्बर १ मा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् ।

यस्तै होम आइसालेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आज आइसियुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै बिहीबार १ हजार ८ सय १८ जा संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);