रुपन्देहीमा थप ४२ जनामा कोरोना संक्रमणको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुपन्देहीमा थप ४२ जनामा कोरोना संक्रमणको पुष्टि

बुटवल ,२४ भदौ । रुपन्देहीमा बुधबार थप ४२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लामा मंगलबार १८ महिला र २४ पुरुष गरि ४२ जनामा कोरोेना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९० पुगेको छ ।

रुपन्देही जिल्लामा बुधबार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा २४ जना, बुटवल उपमाहानगरपालिकामा ७ जना, कोटहीमाई गाउँपालिकामा ५ जना, देबदह नगरपालिका र लुुम्बिनी सांस्कृृतिक नगरपपालिकाका २-२ जना तथा सुद्धोधन र मायादेवी गाउँपालिकामा १÷ १ जना गरी ४२ जनामा कोेरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६ सय ५८ निको भएका छन भने ७ सय १८ जना संक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म रुपन्देही जिल्लामा १४ जना कोरोना संंक्रमितकोे मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);