कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, ४ भदौ । कोभिड-१९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताउनुभएको हो ।

मृत्यु हुनेमा काठमाडौंका एक जना महिला, मकवानपुरका एक जना पुरुष, सप्तरीका एक जना पुरुष र पर्साका एक जना महिला र दुई जना पुरुषको मृत्यु पुष्टि भएको बताउनुभयो । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

Leave a Reply