कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं, ९ भदौ । कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो ।

जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष, र रुपन्देहिका ५३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);