भेन्टिलेटर र आइसीयूका लागि प्रत्येक प्रदेशमा २–२ करोड बजेट निकासा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भेन्टिलेटर र आइसीयूका लागि प्रत्येक प्रदेशमा २–२ करोड बजेट निकासा

काठमाडाैं,९ भदाै । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरसकोे उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २–२ वटा जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २–२ करोड बजेट निकासा गरेको संसदीय समितिलाई जानकारी दिएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले प्रत्येक प्रदेशका २–२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिएका हुन् ।

ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको बताइएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि जनाइएको छ । यसैगरी काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);