बागमती प्रदेशमा आइसीयु र भेन्टिलेटरको संख्या थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बागमती प्रदेशमा आइसीयु र भेन्टिलेटरको संख्या थपिए

काठमाडौं । बागमती प्रदेशमा आइसीयु र भेन्टिलेटरको संख्या थपिएका छन् । ६ दिनको अवधिमा प्रदेशमा ५ सय ३७ आइसीयु बेड र २ सय ३९ भेन्टिलेटर थिए । सोमबारसम्म बागमती प्रदेशमा ९ सय ५२ आइसीयु बेड, ३ सय ९९ भेन्टिलेटर र ७ सय ५२ हाइ डिपेन्डेन्सी (एचडीयु) बेड थपिएका छन् ।

यसअघि गत बैशाख २१ सम्म प्रदेशमा ४ सय १५ आइसीयु बेड र १ सय ६० भेन्टिलेटर उपलब्ध थिए । बैशाख २२ गते सम्म ३८ आइसीयु बेड र १ सय २० वटा भेन्टिलेटर थपिएसँगै प्रदेशमा ४ सय ५३ आइसीयु बेड र २ सय ८० भेन्टिलेटर भएका हुन् । २३ बैशाखमा १७७ आइसियू बेड थपिए भने २७ भेन्टिलेटर थपेर ६३० आइसीयु बेड र ३ सय ७ भेन्टिलेटको संख्या कायम गरिएको हो ।

सोमबार प्रदेशमा ३२२ आइसीयु र ९२ भेन्टिलेटर थप भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले जानकारी गराए । बागमती प्रदेशमा ४७ वटा अस्पतालबाट कोभिडको सेवा दिइरहको मन्त्रालयले जनाएकमो छ ।

सोमबारसम्म बागमती प्रदेशमा ५० हजार सक्रिय संक्रमित छन् । १ हजार ६१९ जनाको कोभिडका कारण मृत्यु भएको छ । ५६० जना आइसीयुमा, १ सय ९८ जना भेन्टिलेटर, ३ सय ८७ जना एचडीयु बेडमा र ३ हजार ३५१ जना संस्थागत आइसोलेसनमा उपचारत छन् । ४६ हजार ३ सय ८१ जना होम आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);