कोरोना संक्रमण दैनिक उच्च बन्दै, आईसीयू र भेन्टिलेटरको कमी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना संक्रमण दैनिक उच्च बन्दै, आईसीयू र भेन्टिलेटरको कमी

corona

बिनिता केसी

काठमाडौं, २७ जेठ । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च छ । संक्रमण दर बढेसंगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कोरोनाबाट गम्भीर बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ । तर, सरकारसंग कति भेन्टिलेटर छन् भन्ने यकिन तथ्यांक छैन । स्वास्थ्य सामाग्री खरिदका लागि सरकारले प्रक्रिया अघि बढाएपनि ढिला सुस्तीले कोरोना जोखिम बढ्दै गए थप मृत्यु गन्नुपर्ने विवशता छ ।

कोरोना संक्रमितको अवस्था जटिल बन्दै गएमा आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, अधिकांश अस्पतालमा आईसीयू , भेन्टिलेटरको अभाव छ । केही सिमित अस्पतालमा मात्र उपकरणहरु सीमित हुँदा अस्पतालले बिरामी रिफर गर्ने बाध्यता छ । यद्यपी कोरोना संकट बढदै गएपछि सरकारले यसको व्यवस्थापन गर्न लागि परेको सरकारले दाबी गरेको छ ।

सरकारको पछिल्लो तथ्यांक अनुसार करिब पौने दश अर्ब खर्च भैसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि सरकारले स्वास्थ्य बजेटमा ९ अर्ब बृद्धि गरेको छ । जिल्ला सामुदायिक अस्पतालमा आईसीयु, भेन्टिलेटर र डाइलासीसको व्यवस्थापन गरिने भनिएपनि पर्याप्त छैनन् । यद्यपी सरकारी अधिकारीहरु आवस्यक पहल भएको दोहोर्याउदै आएका छन् ।

संघ र प्रदेश सरकारसँगका इकाई र निजी अस्पताल गरी करिब १ हजार १ सय ९ बेड आइसियु छन् । ती बेडमा ६ सय ३६ भेन्टिलेटर छन । देशभर सरकारी तहमा साना र ठूला गरी १ सय २२ सरकारी अस्पताल छन् । उपत्यकाका अस्पतालमा ५१७ आइसियु र २८७ भेन्टिलेटर प्राइभेट रुमसहितका आइसियु ५८ वटा छन् । सात प्रदेशमा ५ सय ९२ आईसीयू र ३ सय ४९ भेन्टिलेटर छन् । तर, कोरोनाको उच्च जोखिम बढ्दै गएमा सघन उपचारमा समस्या हुने भएकोले सरकारको तयारी अपूरो रहेको जनस्वास्थ्य विज्ञको प्रतिक्रिया छ ।

महामारी फैलिएको खण्डमा उपल्ब्ध आईसीयू तथा भेन्टिलेटर न्यून छ । अस्पतालमा कम्तिमा ३ हजार भेन्टिलेटरको आवश्यक छ । कोरोना जोखिम बढदै गर्दा कन्ट्याक्ट ट्रेसिङ आईसीयू र भेन्टिलेटरको उचित जोहो गर्न पनि उत्तिकै गाह्रो छ । यसर्थ सरकारले अस्पतालमा उपकरणको गणना भन्दापनि कोेरोनाका लक्ष्य गरेर उपकरणको व्यवस्था गर्न जोड दिदाँ बिरामीले अकालमा ज्यान गुमाउनुपर्देन्थ्यो कि ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);