पीसीआर मेसिन किन्ने तरखरमा स्थानीय निकाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पीसीआर मेसिन किन्ने तरखरमा स्थानीय निकाय

काठमाडौ, २८ जेठ । कोरोना भाइरसको पीसीआर परिक्षणको दायरा बढाउनु अहिलेको पहिलो आवश्यकता हो । कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढीरहेका बेला पीसीआर परीक्षणको दायरा बढाउन सबैले माग गरिरहेका छन् । तर पीसीआरको दायरा बढेको छैन । यस्तो अवस्थामा स्थानीय निकायहरु आफै पीसीआर मेसिन खरिद गर्ने तयारीमा जुटेका छन् ।

संघीय सरकारले पीसीआर परीक्षणको दायरा बढाउन नसक्दा स्थानीय तहको सरकार नै पीसीआर मेसिन खरिदको तयारीमा लागेका छन् । परीक्षणको दायरा बढाउनका लागि अहिले केही जिल्लाका स्थानीय सरकार नै पीसीआरका लागि मेशिन किन्ने तयारीमा छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरमा कोरोना संक्रमितको संख्या बढेपछि परीक्षणको दायरा बढाउन मेशिन खरिद गर्न लागेको हो । भीमदत्त नगरपालिका कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एवम् समन्वय समितिको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

संघीय र प्रदेश सरकारले कुनै पहल नगरेपछि भीमदत्त नगरपालिका आफैले मेसिन खरिद गर्न लागेको कञ्चनपुर, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

यता बागलुङमा पनि पालिकाहरु मिलेर पीसीआर मेसिन खरिदको तयारी गरिरहेका छन् । बागलुङका क्वारेन्टीनमा करिब १८ सयजना छन् । कोरोना परिक्षणको दायरा बढाउन प्रदेश सरकारले मेसिन उपलव्ध नगराए पालिकाहरु मिलेर संयुक्त रुपमा मेसिन किन्ने सहमति भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो

प्रयोगशालाका लागि आवश्यक जनशक्तिको भने बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राविधिकहरुको सल्लाहका आधारमा व्यवस्थापन गर्ने निर्णय गरिएको हो । हाल पीसीआर परीक्षणको सुस्त नतिजाका कारण परीक्षण गरी नतिजा आउन बाँकीहरु र परीक्षण नगरेकाहरु पनि एउटै क्वारेन्टिनमा राखिएका छन् ।

जसले जोखिम झन् बढाएको छ । संक्रमितको संख्या दिनप्रति दिन बढीरहेका बेला स्थानीय तहहरुले स्वयम् पीसीआर मेसिन खरिदका लागि अग्रसरता देखाउनु सकरात्मक पहल हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);