नेपालमा कोरोना संक्रमितको संख्या ४३ सय ६४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमितको संख्या ४३ सय ६४ पुग्यो

corona update

काठमाडौं, २८ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ४६ पुगेको छ । बुधबार २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४ हजार ३ सय ४६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी २ सय ७९ जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको नमूना परीक्षण गरिएको छ । अहिले देशैभरी गरेर १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टीनमा रहेका छन् ।

त्यसैगरी ३ हजार ६ सय ७५ जना आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);