कोरोना संक्रमीतको सख्या २३ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमीतको सख्या २३ हजार नाघ्यो

काठमाडौं, २६ साउन । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार ३ सय १० पुगेको छ । सोमबार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४४ जना रहेका छन ।

यसैगरी नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार हालसम्म कूल संक्रमितमध्ये १६ हजार ४ सय ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन ।

त्यसैगरी अहीलेसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको छ । हाल देशैभरी गरेर १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।मन्त्रालयले नीजि, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोरोना विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न पनि निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);