कोरोना भाइसरबाट संक्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोना भाइसरबाट संक्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुग्यो

coronavirus test

काठमाडौं, १९ साउन । नेपालमा कोरोना भाइसरबाट संक्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको छ । सोमबार ४ सय १८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ४ सय १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएकामध्ये ५१ जना काठमाडांै उपत्यकाका रहेका छन । हालसम्म कुल संक्रमित मध्य १४ हजार ९ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन ।

मन्त्रालयका अनुसार अहीले देशैभर गरेर १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेशनमा रहनेको संख्या ५ हजार ७ सय ३२ छ ।

प्रवक्ता गौतमले हालसम्म पीसीआर बिधिबाट ३ लाख ९८ हजार ९ सय ७ जनाको नमूना परीक्षण भएको बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);