नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८४८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८४८ पुग्यो

corona

काठमाडौं, ४ असार ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । बिहिबार थप ६ सय ७१ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको हो ।

यो अहिलेसम्मकै एकैदिन संक्रमण देखिएको उच्च संख्या हो । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ६ सय ७१ जना नयाँ संक्रमित थपिएका जानकारी दिनुभयो ।

यसैगरी कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षिय पुरुषको असार ३ गते र कैलालीकै लम्किचुहा २ की ४३ वर्षिया महिलाको असार २ गते कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । प्रवक्ता गौतमले हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमूना परीक्षण भएको बताउनुभयो ।

मन्त्रालयका अनुसार अहिले देशैभर गरेर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टीनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);