थप २ सय ७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

थप २ सय ७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो

coronavirus test

काठमाडौं, १५ साउन । बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालमा ५ हजार २ सय २७ संक्रमित उपचाररत रहेका छन् । बिहीबार २ सय २७ जना डिस्चार्ज भएसँगै आजसम्म १४ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन । बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् ।

आजसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टीनमा १३ हजार २ सय १ जना रहेका छन् ।

त्यस्तै मन्त्रालयले नेपालमा कोरोना भइरस (कोभिड—१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);