चिकित्सकले स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिकित्सकले स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर गरे

कपिलवस्तु, १४ साउन । कपिलवस्तु अस्पतालका चिकित्सकले स्वास्थ्य मन्त्रालयको निर्देशन नमानेको पाइएको छ । स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी अस्पतालमा बिरामीको परिक्षण गर्न नपाउने भन्ने स्वास्थ्य मन्त्रालयलको निर्देशन कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर किशोर बन्जाडेले नमानेको पाइएको हो ।

बन्जाडेले सरकारी निर्देशन अवज्ञा गर्दै निजि क्लिनिकमा विरामीको चेक जाँच गरेका छन् । बुधबार बिहान करिब ११ बजे डाक्टर बन्जाडे कपिलवस्तु नगरपालिका–१ नयाँटोल स्थित बुद्ध क्लिनिकमा बिरामीको उपचार गरिरहेको क्लिनिकका कर्मचारीले बताएका छन् ।

निजी क्लिनिकमा उपचार गरेका बन्जाडेले भने कपिलवस्तु अस्पतालमा बिदा लिएर बुटवल जाने तरखरमा रहेको दाबी गर्नुभयो ।

कपिलबस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले मेडिकल सुपरिडेन्डेन्टले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गरेको प्रारम्भिक जानकारी पाएको र यसको छानविन गरि कारवाही प्रकृया अगाडी बढाईने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत सोमबार परिपत्र जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख तथा कार्यकारी प्रमुख सबैले निजी प्राक्टिस नगर्ने र यस भन्दा अगाडी निजी प्राक्टिस गर्न पुर्व स्विकृती लिएको भए सो स्विकृती स्वतहः खारेज हुने स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);