कपिलवस्तुको तौलिहवा अस्पताल अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुको तौलिहवा अस्पताल अस्तव्यस्त

शम्भु माली
कपिलवस्त, ३१ साउन । कपिलवस्तुको तौलिहवा अस्पताल अस्तव्यस्त भएको छ । अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा जाने गरेकाले तौलिहवा अस्पताल अस्तव्यस्त भएको हो ।

बिहीबार बिहान पौने ११ बजे अस्पतालको ओपिडीमा पुग्दा ओपीडी कक्षमा ताला लागेको थियो । हातमा पुर्जी लिएका बिरामी डाक्टर कुरेर बसेका थिए । ओपिडीका डाक्टर कात्यायनि पाण्डेय र डाक्टर किशोर बन्जाडेको भएपनि ११ बजे सम्म दुबै डाक्टर ओपिडीमा आएका थिएनन् ।

डाक्टर पाण्डेय इन्डोरमा बिरामी चेक जाँचमा खटिएका थिए भने बन्जाडे भने तौलिहवाकै सुहानी प्रशान्त क्लिनकिमा बिरामी जाँच गर्दै थिए । सरकारी अस्पतालका डाक्टर निजी क्लिनिकमा जाँदा आफुहरुले सास्ती भोग्नु परेको सेवाग्राहीले गुनासो गरेका छन् ।

सरकारी अस्पतालका डाक्टर निजि क्लिनिकमा जाने गरेको जानकारी हुँदा पनि सम्बन्धित निकायले कारबाहीको लागि चाँसो दिएको छैन । सेवाग्राहीले सरकारी अस्पतालमा नबस्ने चिकित्सकलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);