बिरामी भन्छन् डाक्टर ‘सेतोकोटधारी आतंककारी’ हुन् ! | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिरामी भन्छन् डाक्टर ‘सेतोकोटधारी आतंककारी’ हुन् !

birami at hospital

प्रतिक्षा शर्मा
काठमाडौं, ३ साउन । नेपाल चिकित्सक संघले आज देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प गरेको छ । संघले बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेककासबै सेवा बन्द गरेपछि स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ ।

अस्पतालका डाक्टरहरु अस्पतालमा उपस्थित त थिए तर, इम्मरजेन्सी बाहेकका कुनै बिरामी हेरिरहेका थिएनन् । अस्पतालमा प्रहरी परिचालन त भएको थियो तर विभिन्न जिल्लाबाट उपचारका लागि आएका विरामी भने टिकट काउन्टर र डाक्टरको चेम्बरमा घुमेर हैरान बनिरहेका थिए ।

आजभन्दा २० दिन अघिदेखि डाक्टर गोविन्द केसीले चिकित्साशिक्षा विधेयक सुधारका लागि थालेको आन्दोलन धेरै बिरामीलाई थाहा पनि थिएन । नियमित उपचारका लागि विभिन्न जिल्लाबाट अस्पताल आएका बिरामी डाक्टर आन्दोलनबरे बेखबर थिए । फलोअपका लागि बिहिबारकै मिति दिइएका र शुक्रबार सुत्केरी हुने मिति दिएका बिरामीसमेत आन्दोलनका कारण छटपटाइरहेका थिए ।

डाक्टरको आन्दोलनका कारण केही बिरामी त कतिसम्म आक्रोसित थिए भने उनीहरु आन्दोलनकारी डाक्टरलाई ‘सेतोकोटधारी आतंककारी’ भनिरहेका थिए ।

चिकित्सकको आन्दोलनले नेपालको संविधानले मौलिक हकमा सुनिश्चित गरेको स्वास्थ्यसेवाबाट समेत नागरिक बञ्चित हुनुपरेको छ । त्यही सुनिश्चितताका लागि भन्दै डाक्टर केसी आमरण अनसनमा रहेका वेला समर्थनका नाममा उपचार प्रभावित पार्नु र नागरिक अधिकारको उलंघन गर्नु डाक्टरको सपथको विरुद्धमा हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);