काठमाडौंका अधिकांश सरकारी अस्पतालप्रति सेवाग्राही निरास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौंका अधिकांश सरकारी अस्पतालप्रति सेवाग्राही निरास

फूलमाया आले
काठमाडौं, २२ जेठ । अस्पताल कुनै पनि व्यक्तिका लागि आसाको अन्तिम केन्द्र हो । तर, काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल सेवाग्राहीका भरोसाका केन्द्र बन्न सकेका छैनन् । किनकी, अस्पतालको सेवा र सेवाग्राहीलाई गर्ने व्यवहार चुस्त नहुँदा यसप्रति आमनागरिक निरास छन् ।

विगतमा डाक्टरलाई बिरामीले भगवानको रुपमा लिन्थे र लिनुपर्छ भन्ने मान्यता छ । तर, अहिले डाक्टरहरुमा मानवीय संवेदनशीलता हराएको र जसरी हुन्छ कमाउ भन्ने चिन्तन हाबी भएको नागरिक अगुवाहरुको बुझाइ छ ।

सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरले तोकिएको समयसम्म सेवा प्रदान गर्नुपर्ने हुन्छ । तर, त्यही समयमा अधिकांश चिकित्सक निजी अस्पताल र मेडिकलतिर दगुर्छन । जसले गर्दा सरकारी अस्पतालमा विरामीले चिकित्सलाई घण्टौँसम्म कुर्नपर्छ ।

गम्भीर विरामीले त्यतिबेलासम्म प्राण नै त्याग्नुपर्ने स्थितिसम्म आउने गरेको छ । त्यसैले पनि अधिकांस सरकारी स्वास्थ्य संस्थाप्रतिको आम नागरिकको विश्वास घट्दै गएको छ ।

सरकारले राम्रो मान्छे भन्दा हाम्रो मान्छेलाई नियुक्ति गरेको कारण र सरकारी अस्पतालको प्रशासकीय व्यवस्थापन कमजोर भएकै कारण सरकारी अस्पतालको सेवा चुस्त हुन नसकेको पूर्वस्वास्थ्य सचिव प्रविण मिश्रको भनाइ छ ।

मानिस इज्जत, सम्मान जनक बोली र आत्म सम्मान चाहान्छ । तर, त्यो नेपालका स्वास्थ्य संस्था र अस्पतालहरुमा विरलै पाईन्छ । अस्पतालमा जाँदा कता जाने कसलाई सोध्ने भनेर थाहा नपाएर सोध्दा समेत डाक्टर र अस्पतालका कर्मचारीले झर्किदै बोल्ने र जवाफ नै दिन नखोज्ने गरेको तितो अनुभव सुनाउँछन् बिरामी र बिरामीका आफन्त।

सामान्य स्वास्थ्य जाँचका लागि नेताहरु विदेशी अस्पताल पुग्ने गरेका छन् । आफ्नै देशका स्वास्थ्य संस्था र चिकित्सकलाई दक्ष बनाउन छाडेर उनीहरु विदेश कुदेकोप्रति सर्वसाधरणले असन्तुष्टि जनाउँदै आएका छन् ।

अहिलेसम्म उपचारका लागि विदेश गएका नेतामध्ये ७५ प्रतिशतको उपचार नेपालमा नै सम्भव रहेको डाक्टर दीक्षितको भनाइ छ । नेताहरु उपचारका लागि विदेश गएपनि नेपालमा सरकारी अस्पतालमा सर्वसाधरणले थुप्रै समस्या झेल्नुपर्ने स्थिति छ ।

त्यसैले सरकारी स्वास्थ्य संस्थाहरुले आमनागरिकको बिश्वास जित्नका लागि सेवालाई चुस्त बनाउनुपर्ने र उच्च पदस्थ व्यक्तिहरु पनि आफैँ सरकारी अस्पतालमा गएर उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);