गोली प्रहार गरी साढे ९ लाख लुट्ने समुह प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गोली प्रहार गरी साढे ९ लाख लुट्ने समुह प्रहरी नियन्त्रणमा

धनगढी, २२ जेठ । कैलालीको धनगढीमा गोली प्रहार गरेर साढे ९ लाख रकम लुट्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । लुटेको साढे ९ लाख ५० हजार मध्ये साढे ५ लाख नगद सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य योजनाकार धनगढी उपमहानगरपालिका ६ का राजकुमार चौधरी, कञ्चनपुर बेलौरी नगरपालिकाका उग्रसेन राना, कञ्चनपुरकै कल्लु भनिने कालु राना,धनगढी उपमहानगरपालिकाका रामप्रवेश राना र बिरु चौधरी रहेका छन् । गत जेठ १३ सिद्धार्थ बैंकबाट पैसा झिकेर फर्कदै गर्दा निर्मल कार्कीमाथि लुटेरा समुहले गोली प्रहार गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);