मेयर चौधरीमाथि गोली प्रहार गर्ने चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मेयर चौधरीमाथि गोली प्रहार गर्ने चार जना पक्राउ

काठमाडौं, १ चैत । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनगढीले बिहीबार पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पूर्णप्रसाद खनाल र टिकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी रहेको प्रहरीले जनाएको छ । उनीहरु नेकपा माओवादी विप्लव समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाकोसमेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीहरुको खोजी भइरहेको जनाकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);