झापाबाट पक्राउ परेका विप्लवका ८ जना कार्यकर्ताको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापाबाट पक्राउ परेका विप्लवका ८ जना कार्यकर्ताको नाम सार्वजनिक

झापा, ३१ भदौ । झापामा पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको जिल्ला सचिवसहित आठ जना कार्यकर्ताको नाम प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरिएका दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्तावेज, मोटरसाइकल, सिम कार्ड लगायतका सामग्री सहित विप्लव कार्यकर्ताहरुको नाम मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पछिल्लो समयमा झापाका विभिन्न पालिकामा श्रंखलाबद्ध रुपमा बम पड्काएर जिल्ला नै आतंकित बनाएको भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लवका बम बनाउने व्यक्तिसहित आठ जना पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका १ वस्ने ३४ वर्षीय प्रविन मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दीवारी गाउँपालिका ५ वस्ने ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका २ वस्ने २६ वर्षीय अनील साह मगर रहेका छन् ।

प्रहरीले तीनै जनालाई विशेष सूचनाको आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरिएकोे प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले बिर्तामोडको संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ बस्ने २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज ३५ वर्षीय सकल भन्ने सागर लिम्बु, मेची ब्यूरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका ५ दोभान गाँउ वस्ने २४ वर्षीय सन्देश भन्ने गणेश कार्कि, ताप्लेजुङ जिल्ला सेक्रेटरी (सचिव) ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ्ग जिल्ला कमिटी सदस्य ३८ वर्षीय योगेश भन्ने यामवहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा दमकको एक होटलबाट पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);