विप्लव समूहका जनसरकार प्रमुखसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

झापा, ४ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा झापाबाट ३ जनापक्राउ परेका छन्। पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन्। उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ।

ताजा समाचार