शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न तीन घेराको सुरक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न तीन घेराको सुरक्षा

निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौती पेचिलो बन्दै –

काठमाडौं, ७ मंसिर । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौती पेचिलो बन्दै गएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण रुपमा मताधिकार प्रयोग गर्न पाइने हो की होइन भन्ने चिन्ताले मतदातालाई सताएको छ । तर, निर्वाचन आयोग र सरकारले भने सुरक्षा स्थिति नियन्त्रणमै रहेको दावी गरेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झण्डै ४ जनालाई पक्राउ गरिसकेको छ । यस बीचमा झण्डै ४० वटा आक्रमणका घटना भए । आतंक श्रृजना गर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ ।

त्यसो त प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी वढाएको छ । निर्वाचनलाई प्रभावित गराउने उद्देश्यले नक्कली बम राखेर त्रसित बनाउने समुहलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यससँगै मतदानका दिन सुरक्षित रुपमा मतदान गर्ने वातावरण बनाउन सरकारले तीन घेराको सुरक्षा संरचना बनाएको छ ।

जसमा पहिलो घेरमा अर्थात मतदान केन्द्रको मुख्य सुरक्षा म्यादी प्रहरीसहित नेपाल प्रहरीले गर्नेछ । त्यस्तै दोस्रो घेरामा सशस्त्र प्रहरी रहने छन् । भने अन्तिम घेरमा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ।

साथै आवश्यकता अनुसार राष्ट्रिय अनुसन्धान आयोगका सुरक्षाकर्मीले पनि मतदान स्थलको निगरानी गर्नेछन् । निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसारपसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको छ । प्रहरीले सुरक्षा दिन नसकेको अवस्थामा भने तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ ।

यस्तै मतदान केन्द्रमा झडप, हुलदंगा वा ‘बुथ क्याप्चर’ को प्रयास भएमा नेपाली सेना स्थिति नियन्त्रणमा नआउँदासम्म मतदान केन्द्रमा परिचालन हुन सक्नेछ । पुनः मतदान प्रक्रिया शुरु भएमा सेना पछि हट्नेछ । निर्वाचनलाई भयरहित बनाउन सुरक्षा संयन्त्रले तयारी चुस्त बनाएको भन्दै निर्वाचन आयोग र प्रहरीले ढुक्क भएर मतदानमा सहभागि हुन मतदातालाई आग्रह गरेको छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);